भारतीय सेनाको पेन्सनवाला नेपाली परिवारलाई हेर्छौः राजदूत क्वात्रा

काठमाडौँ- नेपाली र भारतीय सेनाबीच गहिरो सम्बन्ध रहेको नेपालका लागि भारतीय राजदूत विनय क्वात्राले बताएका छन् । ७४ औं भारतीय सेना दिवसको अवसरमा दूतावासमा आयोजित उनले कार्यक्रममा भारतीय सेनामा रही गोर्खा सैनिकले निस्वार्थ भावनाले गरेको सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गरे ।
भारतीय सेनाका पेन्सनवाला र तिनका परिवारको कल्याणका लागि काम गर्ने राजदूत क्वात्राले प्रतिबद्धता दोहर्याए । सन् २०२१ डिसेम्बरमा हवाई दूर्घटना परी श्रीमती मधुलिका रावत र अन्य ११ जना सैनिकलाई श्रद्धाञ्जली व्यक्त गरे ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना र भारतीय सेनाको गहिलो सम्बन्ध रहेको बताए । भारतीय सेनासँग नेपालीसेनाको गहिरो सम्बन्ध रहेको प्रस्ट पारे ।
शर्माले कोभिड-१९ महामारीमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको खुसी व्यक्त गरे । नेपाली सेनाको आधुनिकीकरणमा भारतीय सेनाले खेलेको भूमिकाको खेलेको प्रशंसा गरे । भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकको उनले खुसी व्यक्त गरे ।
नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा श्री जनरल प्रभुराम शर्मा सो समारोहको प्रमुख अतिथिको रुपमा थिए । नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी, थिंक ट्यांकका सदस्य र पत्रकारहरुको उपस्थिति थियो ।

फुड रियालिटी सो सेफ नेपालः द प्रोफेशनलको आवेदन खुल्ला

वैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन वर्ष पुरानो कमिला

जब १ हजार ताराहरू एक आपसबाट भागिरहेको भेटियो, वैज्ञानिक हैरान

यस्तो छ आजको राशिफल

रामजानकी मन्दिर निर्माणको काम सुरु

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

प्रतिक्रिया