गौतम धिमालको हिमालयमा खिचेका फोटोको प्रदर्शनी सुरु

काठमाडौँ- फोटोग्राफर गौतम धिमालले हिमालयमा खिचेका फोटोहरुको प्रदर्शनी काठमाडौंको मन्डिखाटारमा शुक्रबारदेखि सुरु भएको छ । उनको ‘हिमालयन फेसन एडभेन्चर’ नामक पुस्तक विमोचनसँगै प्रदर्शनी सुरु भएको हो । उक्त पुस्तकमा समावेश गरिएका उत्कृष्ट तस्बिरहरूलाई प्रदर्शनीमा राखिएको हो ।
'हिमालय फेसन एडभेन्चर' शीर्षकको फोटो प्रदर्शनीमा मुस्ताङमा खिचिएका फेसनेबल तस्बिरहरू राखिएको छ। नेपाललाई फिल्म छायांकन र फोटोग्राफीलाई उजागर गरी पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा मुस्ताङको संक्षिप्त विवरणसहित पुस्तकमा सुन्दर तस्बिरहरू समावेश गरिएको छ। गौतमले भौगोलिक कठिनाइका बाबजुद आफूले फोटो सुट गर्दाको अनुभवलाई पुस्तकमा समेटेका छन् ।
फिल्म छायांकन र ल्यान्डस्केप फोटोग्राफीको प्रवर्धनका लागि यसको प्रदर्शनी आयोजना गरिएको उनले बताए। युवा डिजाइनर तेजमाया पुनको आफ्नो एकल डिजाइनसहित फोटोसुटको सुरुवात भएको गौतमले जनाएका छन् । पुस्तक फेसन डिजाइनर, फेसन फोटोग्राफर, मोडल, साहसिक यात्रु सबैका लागि उपयोगी हुने गौतमको विश्वास छु ।
‘हिमालयन फेसन एडभेन्चर’ पुस्तक विश्वभर अमेजन प्राइम डटकम र ‘एप्पल आइबुकमा पनि उपलब्ध छ। लोकेसन नेपालले आयोजना गरेको प्रदर्शनी २४ फेब्रुअरीसम्म सञ्चालन हुनेछ।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया