एमसीसीप्रति विप्लव नेकपाको विरोध

सप्तरी- विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध सप्तरीको कठौना बजारमा शुक्रबार विरोध प्रदर्शन भएको छ । कठौना चौकबाट एमसीसीविरुद्ध नाराबाजी गर्दै निस्केकाे भीडले सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्दै बजारको परिक्रमा गरेका थिए ।
विरोध प्रदर्शन कार्यक्रममा सप्तरी जिल्ला सेक्रेटरी विमला खडका, सप्तरी जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल, सिराहा सप्तरीका यूवा ईन्चार्ज कार्तिक, बुद्धिजिवी संगठन सप्तरी संयोजक उज्जवल, दलित मुक्ति मोर्चाका केन्द्रिय संयोजक आदर्श लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
सरकारले एससीसी सांसदमा टेबुल गर्ने प्रयास गरेको विरुद्धमा चन्द नेतृत्वको नेकपासहित ६ दलले आन्दोलन घोषणा गरेका छन् । एमसीसी सम्झौता पास गर्ने कि नगर्ने विषयमा सत्तारुढ दलहरु एकमत हुन सकेका छैनन् ।
पार्टीका जिल्ला सदस्य होकान सिंहको नेतृत्वमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध प्रदर्शन गरिएको विप्लव नेकपाले जनाएकाे छ ।

मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

प्रतिक्रिया