विद्युतीय भुक्तानी सञ्जाल सञ्चालन गर्न सहमति
काठमाडौँ : गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । उक्त सम्झौतासँगै अब विभिन्न बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्ध विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायकबाट तुरुन्तै रकमान्तर गर्न सकिने छ ।
पेटिएम, गुगलपे, फोनपे आदिमार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्न सकिने गेटवे पेमेन्ट सर्भिस प्रालिले जनाएको छ । सम्झौतासँगै भारतीय नागरिक नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने र नेपालीले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले जानकारी दिए ।
आगामी तीन महिनाभित्र सेवा सुचारु हुने र एनपीसिआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवा पनि क्रमिक रूपमा सुरुआत गर्दै जाने उहाँको भनाइ छ । सम्झौतामा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान र भारतीय रिजर्व बैंकद्वारा प्रवद्र्धित एनपीसिआई इन्टरननेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकइङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन् ।
अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित भुक्तानीको सञ्जाल भारतमा एनपीसिआईद्वारा सञ्चालनमा रहेको र त्यसले भारतको विद्युतीय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेकामा उक्त प्रविधिमा आधारितले विद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न ठूलो टेवा पु¥याउने कम्पनीको विश्वास छ । विश्वभरी डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोवार भइरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिको उपयोगमा नेपाल पनि क्रमिक रूपमा अगाडि बढिरहेको छ । रासस

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

प्रतिक्रिया