आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

बालुवाटारकै सहयोगमा बेसक्याम्प पुगेका थिए जी न्यूजका सुधीर

काठमाडौं : सगरमाथाका विषयमा भ्रामक र विवादास्पद अभिव्यक्ति दिएका भारतीय पत्रकार सुधीर चौधरी अनुमति नलिईकनै आधारशिविर कालापत्थर पुगेको पाइएको छ । राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार भारतीय टेलिभिजन जी न्युजका प्रधानसम्पादक चौधरीले ‘प्रोटोकल’ लत्याएर बेसक्याम्पमा ताण्डव मच्चाएको पाइएको हो ।

कालापत्थर बेसक्याम्प पुगेर टेलिभिजनमा लाइभ कार्यक्रम प्रशारण गरेका चौधरीले सगरमाथामा भारतले दाबी गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको नेपालमा चर्को आलोचना भइरहेको छ ।

विगतमा पनि पटक-पटक नेपाली राजनीति र राजनीतिज्ञको बारेमा भ्रामक भिडियो सामग्री बनाएर प्रशारण गर्दै आएका चौधरीले यसपटक कालापत्थर बेसक्याम्पमै पुगेर सगरमाथाबारे तथ्यहीन र विवादास्पद अभिव्यक्ति दिएका हुन् । 

विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार चौधरी नेतृत्वको टोलीले अनुमति बिना नै कालापत्थरको छायांकन गरेको थियो । भारतीय विवादास्पद पत्रकार चौधरीलाई कालापत्थर लैजाने हेलीकप्टर कम्पनीले पनि विभागमा अनुमति नलिएको विभागका सूचना अधिकारी आचार्यले बताए ।

‘पछिल्लो दुई हप्तायता भारतका कुनै पनि नागरिकले सगरमाथा आधारशिविर जाने अनुमति लिएका छैनन्’ आचार्यले इकागजसँग टेलिफोनमा भने, ‘भारत लगायतका ७ मुलुकका कुनै पनि व्यक्तिले सगरमाथा आधारशिविर जान अनुमति नलिएको पाइएकाले चौधरी नेतृत्वको टोली पनि बिना अनुमति कालापत्थर गएको देखिएको हो ।’

विभागले सगरमाथा राष्ट्रिय निकुञ्ज परिसर कालापत्थर जानुपूर्व अनुमति लिनका लागि काठमाडौंको भृकुटीमण्डपमा काउन्टर राखेको छ । काठमाडौंमा सम्भव नभए सगरमाथा आधार शिविर जाने बाटोमा पनि अनुमति लिएर जान सकिन्छ । तर चौधरी नेतृत्वको टोलीले कतैबाट पनि अनुमति लिएको देखिएको छैन् । 

विभागका अनुसार सार्क मुलुकका नागरिक कालापत्थर पुग्दा प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । यस्तै क्यामेरा लिएर छायांकनका लागि ५० हजार रुपैयाँ शुल्क लाग्छ । शुल्क तिरेर अनुमति लिएपछि मात्रै छायांकन गर्न पाइन्छ ।

हेलिकोप्टर ल्याण्ड गर्दा मात्रै ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । तर जी न्युजको टोलीले कुनै अनुमति नलिइकनै कालापत्थर पुगेर सगरमाथा बेसक्याम्पको छायांकन गर्नुका साथै विवादास्पद अभिव्यक्ति दिएर ताण्डव मच्चाएका थिए ।

चौधरीले सगरमाथामा भारतले पनि दाबी गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । यसका लागि सगरमाथाको नाम परिवर्तन गरेर माउण्ट सिकदर राख्नुका लागि अभियान चलाउनुपर्ने अभिव्यक्ति दिएका थिए । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता गरेपछि प्रधान सम्पादक चौधरी नेतृत्वको जी न्युजको टिम बालुवाटार निम्तोको दुरुपयोग गर्दै सगरमाथा बेसक्याम्प पुगेको थियो । 

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…