ओलीको अन्तर्वार्ता लिएका चौधरीको सगरमाथामाथि गिद्दे नजर

काठमाडौं : नेपाली भूमिमा रहेको सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै एक जना भारतीय पत्रकारले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने विवादास्पद अभिव्यक्ति दिएका छन् । भारतीय टेलिभिजन जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले आधार शिविरमा पुगेर सगरमाथामा भारतले दावी गर्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।
यसरी नेपाली भूमिमा रहेको सगरमाथामा भारतले दावी गर्नुपर्ने कारणमा उनले भारतीय व्यक्ति राधानाथ सिकदरको नाम लिएका छन् । सन् १८५२ मा सिकन्दरले तत्कालिन समयमा सगरमाथाको उचाई नापेका कारण सगरमाथामा भारतको दावी हुनुपर्ने चौधरीको अभिव्यक्ति छ । उनले भिडियोमा सगरमाथाको नाम 'माउन्ट एभरेष्ट' नभई 'माउण्ट सिकन्दर' राख्नुपर्ने दावी गरेका छन् ।
भारत बंगालका गणितिज्ञ सिकन्दरले पहिलोपटक सगरमाथाको उचाई नापेको पनि चौधरीको दावी छ । उनले दिएको विवादास्पद अभिव्यक्तिको अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा भाइरल भिडियोमा भारतीय पत्रकार चौधरीले सगरमाथामा भारतको दावी हुनुपर्ने बताएपछि उनको चर्को आलोचना भइरहेको हो . प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमै अन्तर्वार्ता गरेको भोलिपल्ट पत्रकार चौधरी सगरमाथा बेसक्याम्प पुगेर अर्को विवादास्पद अभिव्यक्ति दिएका हुन् ।
चौधरी तिनै पत्रकार हुन्, जो भारतले मिचेको नेपाली भूमि लिम्पियाधुरासहितको नयाँ नक्सा सरकारले जारी गर्दा विवादास्पद ट्वीट गरेर चर्चा र विवादमा आएका थिए । त्यतिबेला उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको भ्रामक भिडियो बनाएर जी न्युजमा नेपाली राजनीतिबारे विवादित सामग्री प्रसारण गरेका थिए ।
सो भिडियोको चर्को आलोचना भएको थियो भने नेपालमा भारतीय टेलिभिजनको प्रशारणसमेत केही समयका लागि रोकिएको थियो । चिनियाँ राजदुतसँग जोडेर बेइज्जति गर्ने सोही टेलिभिजनलाई प्रधानमन्त्री ओलीले अन्तर्वार्ता दिएपछि झन आलोचना भएको छ । यद्यपी यसबारे अहिलेसम्म पनि प्रधानमन्त्रीको सचिवालयले कुनै धारणा सार्वजनिक गरेको छैन् ।
चौधरीले के-के भने ? हेर्नुहोस् भिडियोमा

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_mSNeJLyoLx_nngu0pn5jrj8t52rdpnsjxyqbhxmfhritdiqfugdxgtkm0ruvei1dkaftmfw.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9yKWOZRkKB_qdyeicsrztpwy1fkcqfzwzmurj6s74phfnidtxc0t9evzhkgu9hwknnyah7n.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया