नेपाल र आयरल्यान्ड भिड्दै

काठमाडौँ- ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले आज आयरल्यान्डको सामना गर्दैछ ।
नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डबीचको खेल ओमनको अल अमरेत क्रिकेट मैदानमा नेपाली समयानुसार अपराह्न ३:४५ मा सुरुआत हुनेछ । सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको थियो । यता आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा आयरल्यान्ड युएईसँग १३ रनले पराजित भएको थियो ।
यस आयरल्याडसँगको खेलसँगै नेपालको आइसिसी टि ट्वान्टी विश्वकप ग्लोबल छनोट ‘ए’ को सम्पूर्ण तयारी पूरा हुनेछ । रासस
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया