अमेरिकी विद्यार्थीलाई नेपालले प्रवेशाज्ञा शुल्क घटाउने

काठमाडौं: सरकारले अध्ययनका लागि नेपाल आउने अमेरिकी नागरिकलाई प्रवेशाज्ञा (भिसा) शुल्क घटाउने तयारी गरेको छ ।
अहिले अध्ययन भिसामा नेपाल आउने अमेरिकी नागरिकलाई पाँच वर्षे बहुप्रवेशी भिसा दस्तुर ३ सय ६० अमेरिकी डलर लाग्ने गरेको छ । परराष्ट्र मन्त्रालयले यो भिसा दस्तुरलाई १ सय ६० डलर बनाउने प्रस्ताव गरेको हो ।
मन्त्रिपरिषद्मा निर्णयका लागि पेश गर्न सोमबार अर्थ मन्त्रालयको सहमती मागिएको छ । परराष्ट्र मन्त्रालयले मंसिर २१ मा नेपाल र संयुक्त राज्य अमेरिकाबीच भिसा प्रणालीमा एकरुपता गर्न पत्राचार गरेको थियो ।
पाँच वर्षे (अध्ययन अवधि) बहुप्रवेशी अध्ययन भिसाका लागि हाल कायम रहेको पारस्परिकता दस्तुर वापतको ३६० अमेरिकी डलरको व्यवस्थालाई एकरुपताका दिनुपर्ने परराष्ट्रले उल्लेख गरेको छ । यो दस्तुरलाई १६० डलर कायम गर्न आग्रह गरिएको छ ।
अध्यागमन नियमावली, २०५१ को नियम २९ को उपनियम (२) अनुसार तोकेको भन्दा घटी वा बढी भिसा दस्तुर लगाउने मुलुकको नागरिकहरुलाई पारस्परिकताको आधारमा भिसा दस्तुर लिने प्रावधान छ ।
२०७४ पुस १३ मा बसेको मन्त्रिपरिषद्ले अमेरिकाको राहदानीवाहक नागरिकलाई गैरपर्यटक भिसा (अध्ययन भिसा, कामदार भिसा र प्रेस भिसा) जारी गर्दा ३६० डलर लिने निर्णय गरेको थियो । हाल पारस्परिकताका आधारमा अमेरिकाले दुई सय अमेरिकी डलर नलिने निर्णय गरेको छ । अमेरिकी सरकारसँग पारस्परिकताका आधारमा दुई सय अमेरिकी डलरलाई शून्यमा झार्ने बताएको छ ।
कुन देशका नागरिकलाई कति लाग्छ अध्ययन भिसा शुल्क ?
सरकारको स्वीकृति लिएर नेपालको कुनै शिक्षण संस्थामा अध्ययन अध्यापन वा अनुसन्धान गर्न आउने विदेशीहरु वा तिनका परिवारलाई अध्ययन भिसा दिने गरेको छ ।
नेपालमा छात्रवृत्ति पाएर, कार्यक्रम अन्तर्गत वा दुई मुलुकको विश्वविद्यालयबीच भएको सम्झौता अन्तर्गत विदेशीहरू अध्ययन तथा अनुसन्धान गर्न आउने गरेका छन् ।
आफूखुशी अध्ययन गर्न चाहने अन्य विदेशीलाई नेपालमा रहँदा एकैपटक वा मासिक दामासाहीमा वार्षिक न्यूनतम तीन हजार अमेरिकी डलर लिने गरेको छ । विद्यार्थीको परिवारको हकमा वार्षिक न्यूनतम दुइ हजार अमेरिकी डलर खर्च गर्न सक्ने आधिकारिक स्रोत वा सो बराबरको नेपाली मुद्रा स्थानीय बैंकमा मौज्दात रहेको कागजात पेश गरेको आधारमा मात्र अध्ययन भिसा दिने प्रावधान छ ।
अध्ययन भिसा एक पटकमा एक वर्षको लागि दिने व्यवस्था छ । यो भन्दा बढी अवधिको लागि दिन परेमा त्यस्ता व्यक्तिको अध्ययन तथा अनुसन्धान प्रगति विवरण समेत पेश गर्नु पर्छ ।
अध्ययन भिसा जारी गर्दा वा म्याद थप गर्दा डीग्री लिनका लागि अध्ययनरत विद्यार्थी र तिनका आश्रित परिवारलाई प्रति महिना २० अमेरिकी डलर लाग्छ । शैक्षिक उपाधि प्राप्त नहुने गरी अध्ययनरत विद्यार्थी र तिनका आश्रित परिवारलाई प्रति महिना ७५ अमेरिकी डलर लाग्छ ।
बंगालदेशबाट अध्ययन गर्न पारस्परिकताको आधारमा बहुप्रवेश अध्ययन भिसा जारी गर्दा वार्षिक अमेरिकी डलर १५ लाग्छ । माल्दिभ्सबाट अध्ययन गर्न आउने विद्यार्थी लाई पारस्परिकताको आधारमा वार्षिक २५ अमेरिकी डलर लिने गरेको छ । भुटानबाट अध्ययन आउने विधार्थी र तिनका आश्रित परिवारलाई बहुप्रवेशी अध्ययन भिसा जारी गर्दा मासिक १५ अमेरिकी डलर लाग्छ ।
श्रीलंका र पाकिस्तानबाट अध्ययन गर्न आउने विधार्थीलाई पारस्परिकताको आधारमा अध्ययन भिसा जारी गर्दा भिसा दस्तुर लाग्दैन । तर तिनका आश्रित परिवारलाई अध्ययन भिसा जारी गर्दा शुल्क लाग्छ ।
नेपालस्थित विश्वविद्यालयहरू र विदेशी विश्वविद्यालयहरुबीच शिक्षक आदानप्रदान कार्यक्रम अन्तर्गत नेपाल आई निःशुल्क अध्ययन भिसा प्राप्त गर्न सकिन्छ । यसरी भिसा लिएका विदेशीका आश्रित परिवारलाई अध्ययन भिसा जारी गर्दा मासिक १० अमेरिकी डलर लाग्छ । अध्यापन तथा अनुसन्धान गर्न आउने अन्य विदेशी र तिनका आश्रित परिवारलाई मासिक ५० अमेरिकी डलर शुल्क लाग्ने उल्लेख छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया