एट्लेटिको मड्रिडले सेभिल्लालाई हरायो

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले सेभिल्लालाई हराएको छ । मंगलबार राती भएको खेलमा एट्लेटिकोले सेभिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोको जितमा एंगेल कोर्री र सउल निगुईजले गोल गरे ।
कोर्रीले १७ औँ मीनेटमा गोल गर्दा निगुईजले ७६ औंँ मीनेटमा एट्लेटिकोलाई २–० गोलको जित दिलाएका हुन् । जितपछि शीर्ष स्थानको एट्लेटिकोको १६ खेलबाट ४१ अंक भएको छ । हार व्यहोरेको सेभिल्ला १७ खेलबाट ३० अंक जोडेर छैटौ स्थानमा छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया