श्रेयास आयर कोलकत्ताको कप्तान बन्ने चर्चा

काठमाडौँ : आइपीएलमा दिल्ली क्यापिटल्सलाई फाइनलमा पुर्याएका श्रेयास आयरलाई कोलकत्ता नाइट राइडर्सले किनेको छ । आयरलाई कोलकत्ताले १२ करोड २५ लाख भारुमा किनेको हो ।
आयर कोलकत्ता पुगेपछि कप्तान बन्ने चर्चा चलेको छ । कोलकत्ताका कप्तान तथा विकेटकिपर ब्याटर दिनेश कार्तिकलाई बेंग्लोरले किनेपछि आयर सम्भावित कप्तानका रुपमा हेरिएका छन् ।
गएको वर्ष कोलकत्ता व्यवस्थापक टिमले कार्तिकबाट इयोन मोर्गनलाई कप्तानको जिम्मेवारी दिइएको थियो । मोर्गनले टिमलाई फाइनल समेत पुर्याएका थिए । तर उपाधि भने चेन्नेईले जित्यो । मोर्गन नचलेपनि उनको रणनीतिले राम्रो काम गरेको थियो । तर टिमका मालिक उनीबाट खुशी देखिएका छैनन ।
दुई वर्षअघि आयर दिल्लीको कप्तान बन्द टिमलाई फाइनल पुर्याएका थिए । फाइनलमा मुम्बईसँग दिल्ली पराजित भयो । गएको वर्ष दिल्लीले आयरलाई हटाएर रिषभ पन्तलाई कप्तान बनाएको थियो । यस वर्ष पनि पन्त नै कप्तान बन्ने भएपछि दिल्लीले आयरलाई रिलिज गरेको हो ।
ट्वीटरमै हर्वजन सिंहले आयरलाई कोलकत्ताको कप्तान भन्दै चर्चा सुरु गरेका हुन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया