आज यूएईविरुद्ध खेल्दै नेपाल

काठमाडौँ- चारदेशीय टी- २० शृंखलाको दोस्रो खेलमा आज शनिबार नेपालले सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रदैँछ । शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।
शृंखलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालको जितमा ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाउँदा बलिङमा अविनाश बोहराले तीन विकेट लिएका थिए । ओमानविरुद्धको ७३ रन दीपेन्द्रले ट्वान्टी २० क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो ।
आइसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृंखलामा सहभागी छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया