ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौँ : चारदेशीय टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलाे खेलमा नेपालले ओमानलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेकाे हाे । जितका लागि ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रनको योगदान दिए । अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएकोमा ऐरीले दुई चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । ५३ बलको सामना गरेका ऐरीले ८ चौका र १ छक्का प्रहार गरे ।
यस्तै शरद भेषावाकरले नटआउट ४ रन बनाए । खराब सुरुवात गरेको नेपालका लागी ओपनर ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदीप ऐरी ४ रनमा आउट हुँदा आसिफ शेखले दुई चौकाको मद्धतमा १४ रन मात्रै बनाए ।
यस्तै ज्ञानेन्द्र मल्ल १३ रनमा आउट हुँदा आरिफ शेखले भने २५ रनकाे याेगदान दिए । एउटा इण्डबाट क्रिजमा टिकेर आक्रामक ब्याटिङ गरेका ऐरीले नेपाललाई जितसम्म पुर्याएका हुन् । ओमानका लागि केल्लीमुल्लाहले २ विकेट लिए । उनले नेपालका दुवै ओपनरलाई आउट गरेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो । उसका लागि कप्तान जिसन मसुदले सर्वाधिक ४३ रन बनाए । नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।
ओपनिङ समस्या बल्झिएपनि चारदेशीय टी–ट्वान्टी श्रृङ्खलामा नेपालले सुधारिएको प्रदर्शन गरेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया