साना किसान लघुवित्तको साधारण सभा

काठमाडौंः साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । विश्वव्यापी कोभिड महामारीको कारण स्वास्थ्य मापदण्डको पालना गर्दै भर्चुअल विधिबाट वित्तीय संस्थाको कार्यालय सुविधानगर, काठमाडौ कार्यालयमा साधारण सभा सम्पन्न भयो । साधारण सभामा उपस्थित सबैलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले स्वागत गरेका थिए। कम्पनी सचिव झलेन्द्र भटृाराईले कार्यक्रम सञ्चालन गरेका थिए । साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को आम्दानीबाट २५ प्रतिशत बोनस शेयर वितरण गर्न र कर प्रयोजनका लागि नगद लाभांश १.३१५ प्रतिशत उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष खेम बहादुर पाठकले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन अनुसार आ.व. ०७५–७६ को अन्त्यमा वित्तीय संस्थाको कुल सम्पत्ति २१ अर्ब ९४ करोड २ लाख रुपैयाँ रहेकोमा ०७६–७७ को अन्त्यमा ११.१२ प्रतिशतले बृद्धि भई २४ अर्ब ३८ करोड १० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष ०७६–७७ मा प्रति शेयर आम्दानी ४४.४९ रुपैयाँ, प्रति शेयर बुक नेटवर्थ २३५.३६ रुपैयाँ, निष्कृय कर्जा ०.०९ प्रतिशत र कुल पुँजी कोष १०.५७ प्रतिशत रहेको प्रतिवेदन पेश गरेका थिए । २०७७ असार मसान्तमा वित्तीय संस्थामा लगानीतर्फ बाँकी ऋण २१ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । वित्तीय संस्थाको जारी र चुक्ता पुँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार ९ सय ८२ रुपैयाँ ८ पैसा पुर्याउन १९औं साधारण सभाले स्वीकृति दिएको छ ।
साना किसान लघुवित्त वित्तीय संस्थाले लघु कर्जा सेवाका अतिरिक्त पशुपालन तथा तरकारी खेती व्यावसायिक कर्जा, नवीकरणीय उर्जा, ग्रामीण उद्यम कर्जा, इजरायलमा युवाहरुलाई कृषि तालिम, पशुधन सुरक्षण, पशुधन सुरक्षण प्रवर्द्धन, कृषि तथा पशुपालनप्रवर्द्धन, सीप तथा क्षमता विकास, सामाजिक तथा साुमदायिक विकास, साना किसान सहकारी अनुसरणमार्फत महिला सशक्तीकरण तथा नेतृत्व विकास जस्ता कार्यक्रमहररू सञ्चालन गर्दै आएको जनाएको छ ।
अहिले वित्तीय संस्थामा आवद्ध ११५४ र आवद्ध हुने क्रममा रहेका १५० समेत १,३०४ साझेदार सहकारी संस्थाहरु मार्फत् देशका ७३ जिल्लाका ९ लाख परिवारमा ५७ अर्ब हाराहारीको लघु तथा कृषि वित्त सेवा पुर्याउँदै आएको यस वित्तीय संस्थाले आगामी दिनमा नेपालका ११ लाख परिवारमा सेवा पुर्याउने उल्लेख गरेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया