आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

कुमारी बैंकको कामु सीईओमा रामचन्द्र खनाल

काठमाडौं - कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।