कोभिड–१९ः चीनमा नयाँ संक्रमितको संख्या बढ्यो

काठमाडौं : चीनमा पाँच महिना यताकै सबैभन्दा धेरै कोभिड–१९ (कोरोना भाइरस) का नयाँ संक्रमित देखिएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार जनवरी १० (आइतबार) मा एक सय तीन नयाँ संक्रमित फेला परेका हुन् । यो संख्या जुलाई ३० यताकै सबैभन्दा ठूलो संख्या हो । जुलाई ३० मा एक सय २७ जनामा कोरोना भाइरस देखिएको थियो ।
चीनको राष्ट्रिय स्वास्थ्य परिषदका अनुसार ८५ संक्रमित स्थानिय र १८ संक्रमित विदेशबाट आएका हुन् । राजधानी बेइजिङसँग जोडिएको राज्य हेबेईमा मात्रै ८२ स्थानिय नागरिकमा संक्रमण देखिएको छ । हेबेईमा संक्रमितको संख्या लगातार बृद्धि भइरहेको रायटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । हेबेई बाहेक हेइलोङजियाङमा पनि संक्रमित बढिरहेको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ ।
पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सानो भएपनि चिनियाँ अधिकारीहरु यसको नियन्त्रणमा आक्रमक देखिन छाडेका छैनन् । हेबेईको राजधानी सिजियाजहुवाङमा लकडाउन गरिएको छ भने सार्वजनिक यातायात सञ्चालनमा बन्देज गरिएको छ । उता हेइलोङजियाङको वाङकुईमा पनि नयाँ संक्रमितहरु देखिएपछि लकडाउन गरिएको छ ।
चीनमा कोरोना भाइरसको संक्रमणमा पर्नेको संख्या कुल ८७ हजार ५ सय ३६ पुगेको छ भने मृत्य हुनेको संख्या चार हजार ६ सय ३४ रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया