ट्रम्पलाई महाअभियोग लगाउने डेमोक्र्याटको तयारी

हिंसालाई प्रोत्साहन गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि महाअभियोग लगाउने प्रस्तावमाथि मतदान हुने सम्भावना बढेको छ । अमेरिकी संसदको तल्लो सदनमा मंगलबार नै ट्रम्पविरुध्दको महाअभियोग प्रस्तावमाथि मतदान हुने सम्भावना बढेको डेमोक्र्याट सांसदहरुले बताएका छन् ।
ट्रम्पमाथि यसअघि फोन ट्रयाप गरेको आरोपमा पनि महाअभियोग लागेको थियो । महिलामाथि यौन दुर्व्यवहारको चर्को आरोप खेपिरहेका बेला ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग गरेको फोन संवाद विवादमा परेपछि महाअभियोगको सामना गर्नुपरेको थियो । यसपटक पनि मतदान प्रक्रिया अगाडी बढेमा अमेरिकी इतिहासमै ट्रम्प एकै कार्यकालमा दोस्रोपटक महाअभियोग सामना गर्ने पहिलो राष्ट्रपति बन्नेछन् ।
तल्लो सदनमा डेमोक्र्याट सांसदहरुले ट्रम्पविरुध्द हिंसा मच्चाएको आरोप लगाएका छन् । नयाँ राष्ट्रपति जोय बाइडेनले शपथ लिने दिन नजिकै आउँदा ट्रम्पले आफ्ना समर्थकलाई संसद भवनभित्र छिरेर हिंसा भड्काउन भूमिका खेलेको डेमोक्र्याटहरुको आरोप छ ।
ह्वाइट हाउसले भने ट्रम्पविरुध्दको महाअभियोग प्रस्ताव खारेज गरेको छ । तर रिपब्लिकनलाई थप कमजोर बनाउन महाअभियोग प्रस्तावमाथिको मतदान प्रक्रियालाई अगाडी बढाउनुपर्ने डेमोक्र्याटका वरिष्ठ सांसदहरुको भनाई छ ।
यसअघि ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव तल्लो सदनबाट पारित भएपनि अमेरिकी सिनेट अर्थात माथिल्लो सदनबाट अस्वीकृत भएको थियो । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत छ । दोस्रो महाअभियोग प्रस्ताव तल्लो सदनबाट पारित भए यसपटक पनि सिनेटबाट पारित हुन सहज छैन् ।
गएको बुधबार अमेरिकी संसदबाहिर ट्रम्पका समर्थकले हिंसा भड्काउँदा पाँच जनाको मृत्यु भएको थियो । रिपब्लिकन समर्थक जबर्जस्ती संसद भवनभित्र छिर्न खोज्दा प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएपछि ह्वाइट हाउसबाट बाहिरिन लागेका ट्रम्पको थप आलोचना चुलिएको छ ।
हिंसालाई प्रोत्साहन गरेको आरोपमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले समेत ट्रम्पको आधिकारिक खाता नै बन्द गरेका छन् । बीबीसी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया