मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

मधेश सरकारमा स्थायी संरचना निर्माणका लागि अध्ययन समिति

जनकपुरधाम- मधेश प्रदेश सरकारले प्रशासनिक तथा आवास भवन सहितका आफ्ना स्थायी संरचना निर्माणका लागि अध्ययन तथा व्यवस्थापन समिति गठन गरेकाे छ । मंगलवार मन्त्रिपरषदकाे बसेकाे बैठकबाट भाैतिक पूर्वाधार तथा विकास मन्त्री रामसराेज यादवकाे नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएकाे सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए।

साे समितिमा अर्थमन्त्री साह सहित उद्याेग, पर्यटन तथा वन मन्त्री शत्रुध्न महताे, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव र आन्तरिक मामिला तथा कानुन मन्त्री भरत साह सदस्य रहेका छन । साे समितिले भवनसहितका स्थायी भाैतिक संरचनाका लागि जग्गा खाेजीदेखि प्राविधिक सहित बजेट श्राेत व्यवस्थापनसम्मकाे कार्य गर्नेछ ।

यही समितिले पछि विभिन्न प्राविधिक र अर्थ विज्ञ सहितका व्यक्ति राखेर विज्ञ समिति गठन गर्नेछ । साे समितिले दिएकाे प्रतिवेदनकाे आधारमा प्रदेश सरकारले कार्य बढाउने प्रवक्ता साहले जानकारी दिए ।