इन्डोनेशियामा यात्रुवहाक विमान दुर्घटनाग्रस्त, खोजी कार्य जारी

जाकार्ता : इन्डोनेसियाको श्रीविजवा विमान शनिबार यात्रुसहित उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको छ । इन्डोनेशियाको राजधानी जकार्ताबाट छ बालबालिकासहित ५९ यात्रु लिएर उडेको श्रीविजया एअर बोइङ ७३७ विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको हो ।
उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले तीन हजार मिटर तल झरेको बताइएको छ ।
स्थानीयहरूले केही व्यक्तिहरू पानी तैरिइरहेको देखिएको उनीहरू जीवित हुने आशा क्षीण रहेको साथै ती विमानका यात्रु रहेको हुनसक्ने बताएका छन् ।
विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमा देखाइएको छ तर ती वेपत्ता विमानका नै भग्नावशेष हुन् भनी पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन ।
राजधानी जकार्ताबाट उडेको उक्त विमानसँग अन्तिमपटक स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको बताइएको छ । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया