‘काठमाडौँ-पेरिस-काठमाडौँ-रेल-बस यात्रा’ सार्वजनिक

काठमाडौँ : पर्यटन उद्यमी एवं नेपाल-फ्रान्स उद्योग वाणिज्य संघका अध्यक्ष श्याममोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौँ-पेरिस-काठमाडौँ-रेल-बस यात्रा’ सार्वजनिक भएको छ । काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिय लेजे र पर्यटन उद्यमी एवं लेखक कर्ण शाक्यले संयुक्तरूपमा पुस्तकको विमोचन गरेका हुन् ।
‘साहसले डोर्याएको जिन्दगी’ उपशीर्षक रहेको पुस्तकमा लेखक श्रेष्ठले बाल्यकालदेखि जागिरे जीवन र आफूले झेल्नुपरेका आरोह-अवरोहलाई रोचक ढंगले प्रस्तुत गरेका छन् । उनले काठमाडौँ र पेरिसको मात्र नभएर विश्वका विभिन्न शहरको अनुभवलाई समेटेका छन् ।
सात दशक लामो जीवनयात्रामा आफूले भोगेका अनुभवलगायत विषय समेटिएको आफ्नो आत्मवृत्तान्तबारे जानकारी दिँदै लेखक श्रेष्ठले भने, ‘काठमाडौँमा मैले आफ्नै जीवन बिताएँ, फ्रान्स बस्दा फ्रान्सेली जस्तै जीवनयापन गरेँ, फ्रान्स सरकारबाट उच्चस्तरको पदक पाउँछु भन्ने कल्पनासमेत गरेको थिइनँ, तर त्यहाँबाट सर्वोच्च पदकसमेत पाएँ ।’
शताब्दीपुरुष जोशीले प्रस्तुत आत्मवृत्तान्तबाट पाँच दशकअघिको नेपालको अवस्था, विश्वमा भएका परिवर्तन र नेपाल-फ्रान्स सम्बन्धका विविध आयामबारे मिहीन ढंगले वर्णन गरिएको बताए । आउँदो पुस्ताको लागि पुस्तक एउटा व्यक्तिको साहससँगै अनुभव हासिल गर्न समेत उपयोगी हुने बताए ।
राजदूत लेजेले फ्रान्स-नेपाल सम्बन्ध सुदृढ तुल्याउन नागरिकस्तरबाट उद्यमी श्रेष्ठले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताउँदै भने,‘नेपाल-फ्रान्स व्यापार प्रवर्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह समेत गर्नुभएको छ ।’
पर्यटन उद्यमी शाक्यले श्रेष्ठसँगका युवावयका अनुभवबारे चर्चा गर्दै पर्यटन उद्योगको विकासमा पनि लेखक श्रेष्ठको भूमिका प्रशंसनीय रहेको बताए ।

महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा : बसन्त चौधरीको उपन्यास ‘देवयानी’

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_8r4DdxPP6b_a829ysq9se1p9us94niefqv4rytirwgbr1qzvcydovvyvllc8v7b0yzxahr3.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

प्रतिक्रिया