वैकल्पिक परीक्षाको माग गर्दै सीटीईभिटीविरुद्ध विद्यार्थीको प्रदर्शन
जनकपुरधाम - परीक्षा स्थगित गरिएको विरोधमा विद्यार्थीले दोस्रो दिन पनि जनकपुरधाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) विरुद्ध प्रदर्शन गरेका छन् । पटक–पटक परीक्षा स्थगित गरेर तीन वर्षको कोर्सलाई पाँच वर्षसम्म पुर्याउन लागेको भन्दै विद्यार्थीले आइतबार पनि विरोधप्रदर्शन गरेका हुन् । बढ्दै गएको कोरोना महामारी तथा परीक्षार्थीको संख्या पनि बढी भएकोले सीटीईभिटीले परीक्षा स्थगित गरेको थियो ।
कोरोना महामारीको कारण देखाउँदै परिषद्ले १५ मा तोकिएको बायोमेडिकलतर्फको प्रवेश परीक्षा स्थगित गरेको छ । त्यसैगरि परिषद्ले २२ माघमा प्रिडिप्लोमा तहको मौका परीक्षा र २७ माघमा वार्षिक प्रणाली र सेमेस्टर प्रणालीतर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषिलगायत विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा मौका परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण स्थगित गरेको छ ।
यता, विद्यार्थीले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने अथवा भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने, नभए आन्तरिक मूल्यांकनद्वारा नतिजा प्रकाशन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

प्रतिक्रिया