ब्रिटिस कलेजमा बीएचएम पढाई सुरु

काठमाडौंः थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाइ सुरु गरेको छ । लामो समयदेखि गुणस्तरिय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको ब्रिटिस कलेजले शुक्रबारबाट नयाँ विषय बीएसस्सी (हन्स) हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट विषयको पढाई सुरु गरेको कलेजले उल्लेख गरेको छ ।
शुक्रबार कलेजको हलमा भएको एक औपचारिक कार्यक्रममा कलेजका एशोसियट डिन अरुणलाल जोशी तथा व्यवस्थापक, कर्मचारी र शिक्षकहरुले नयाँ विषयको पढाईको औपचारिक सुरुवात गरेका हुन् । कार्यक्रममा हस्पिटालिटी क्षेत्र, मिडियाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
चार वर्षको यो विषयको पढाईपछि उच्च तहको पढाईका साथै सिधै व्यवसायिक काममा प्रवेश गर्न सक्ने कलेजले उल्लेख गरेको छ ।
हस्पिटालिटी पछिल्लो समय विश्वकै सबैभन्दा धेरै रोजगारी भएको दोस्रो रोजगारी क्षेत्र हो । यस क्षेत्रमा हरेक वर्ष करिब ७० लाख जागिरको अवसर हुने अनुमान गरिएको छ । हस्पिटालिटी तथा पर्यटन क्षेत्रहरु होटल, रिसोर्ट, केटरिङ, बैँक, पानीजहाज, उड्ययन लगायतको क्षेत्रको बारेमा यो कोर्समा भरपुर जानकारी र प्रयोगात्मक कक्षा समेत सञ्चालन गरिने कलेजले उल्लेख गरेको छ ।
पढाईका दौरान विद्यार्थीले स्थापित संस्थाहरूमा इन्टर्नसीपको अवसर पनि पाउँछन् । त्यस्तै, ब्रिटिस कलेजमा यो विषयको अध्ययन गर्ने विद्यार्थीहरुले बेलायतको विश्वविद्यालयमा गएर पढ्न सक्ने अवसर समेत पाउनेछन् । बेलायतको पछिल्लो नियमानुसार यो विषयको पढाइ बेलायतमै थप दुई वर्ष गरिसकेपछि विद्यार्थीहरु दुई वर्षको लागि वर्किङ भिसा प्राप्त गर्न योग्य हुनेछन् । सो अवधिमा विद्यार्थीहरुले स्थायी काम पाएको खण्डमा उनीहरुले वर्किङ भिसाको अवधि पनि बढाउन सक्नेछन् ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया