ब्राजिलका राष्ट्रपतिले मागे मोदीसँग कोरोना खोप

काठमाडौं : ब्राजिलका राष्ट्रपति जाइर बोलसोनारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोभिड-१९ (कोरोना भाइरस) को खोप शिघ्र उपलब्ध गराइदिन आग्रह गरेका छन् । मोदीलाई शुक्रबार पत्र लेख्दै बोलसोनारोले एस्ट्राजेनेकाले विकास गरेको खोपको निर्यातलाई सहजिकरा गरिदिन आग्रह गरेका हुन् ।
कोभिड-१९ बाट सर्वाधिक प्रभावित हुने मुलुकमध्येको एक ब्राजिलमा राष्ट्रपति बोलसोनारो चाँडो भन्दा चाँडो खोप वितरण गर्नुपर्ने दबाब छन् । एस्ट्रोजेनेकाले विकास गरेको खोप भारतमा सेरुम इन्सच्ट्यिुटले उत्पादन गरिरहेको छ । सोही खोप ब्रजिलतर्फ निर्यात गर्न लागिएको हो । तर निर्धारित समयमा निर्यात हुन नसकेपछि बोलसोनारोले मोदीलाई पत्र लेख्नु परेको हो ।
ब्राजिलमा बोलसोनारोले कोरोना भाइरसको खोप नागरिकलाई उपलब्ध गराउन नसकिरहेको भनेर आलोचना खेपिरहेको बेला उनले भारतीय प्रधानमन्त्रीलाई लेखेको पत्र सार्वजनिक गरिएको हो । बोलसोनारोका विपक्षी र जन स्वास्थ्य विज्ञहरूले ब्राजिलमा खोपको वितरणमा ढिलाइ भइरहेको भन्दै विरोध गरिरहेका छन् ।
‘भारतको आफ्नै खोप वितरण गर्ने कार्यक्रममा असर नपर्ने गरी ब्राजिलका लाागि तत्काल २० लाख डोज उपलब्ध गराउन आग्रह गर्दछु ।’ बोलसोनारोले पत्रमा लेखेका छन् ।
हिन्दुस्तान टाइम्सबाट
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

प्रतिक्रिया