बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

ट्‍वीटरले गर्‍यो टम्‍पको खाता स्थायी रूपमा बन्‍द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्‍वीटर खाता स्थायी रूपमा बन्‍द भएको छ । सामाजिक सञ्जालसम्बन्धी उक्त कम्पनीले हिंसा थप उक्साउने खतरा रहेको भन्दै उनको खाता ट्‍वीटरले बन्‍द गरेको हो ।

ट्‍वीटरले 'डोनाल्ड ट्रम्पको खाताबाट हालै गरिएका ट्‍वीटको समीक्षापछि' उक्त निर्णय लिइएको जनाएको छ । केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।

बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्‍वीटरले ट्रम्पको 'राक्षसी व्यवहार' माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएकी थिइन् ।

ट्रम्पमाथिको प्रतिबन्धमा प्रतिक्रिया जनाउँदै सन् २०२० को चुनावी अभियानका सल्लाहकार जसोन मिलरले ट्‍वीट गरेका छन्: 'घिनलाग्दो... यदि फेरि यिनीहरू आउँदैनन् भन्‍ने लाग्छ भने, तपाईँ गलत हुनुहुन्छ ।'