बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

भानुआटुमा ६.१ को म्याग्‍नीच्युडको भूकम्प

हङकङ : भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । 
यस भूकम्पमा परी के कति धनजनको क्षति भएको हो, सो लगायतको विस्तृत विवरण भने प्राप्त भएको छैन् । 

यस भूकम्पको केन्द्रविन्दु भने भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको स्थानको आसपासमा नै ११७.७४ किलोमिटर गहिराईमा रहेको समाचारमा जनाइएको छ । भानुआटुमा भूकम्पको प्रकोपले बारम्बार सताइरहेको पाइन्छ । (सिन्ह्वा)