अर्थमन्त्रीले गरे भन्सारमा इ-पेमेन्ट सिस्टमको सुरुवात
चाँडै भेहिकल स्क्यानर सुरु हुन्छ: शर्मा

काठमाडौँ -भन्सार महसुलको विद्युतीय भुक्तानी (इ-पेमेन्ट) प्रणालीको सुरुवात भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच सो प्रणालीको इ-पेमेन्टको सुरुवात गरेका हुन् । इ-पेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने भएका छन् ।
यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । योसँगै ‘नयाँ युग’को सुरुवात भएको पनि शर्माले बताए । साथै भन्सार बिन्दूमा भेहिकल्स स्क्यानर प्रयोग सुरु गर्ने समेत अर्थमन्त्री शर्माले बताएका छन्।
भेहिकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उनले उल्लेख गरे। ‘हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौं, उनले भने, ‘कुन मालवस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ।’
सबै वस्तु आवश्यक पर्ने मात्र नआउने भन्दै उनले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा जोखिम हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुने उल्लेख गरे। तर त्यस्ता उपकरण सरकारले ल्याउन के प्रक्रिया अगाडि बढाएको छ भन्ने बारे भने उनले जानकारी दिएनन्।
भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने मन्त्री शर्माले बताए। अब सेवाग्राहीले भन्सारलाई बुझाउनुपर्ने दस्तुर डिजिटल प्रविधिबाट दाखिला गर्न मिल्ने जानकारी कार्यक्रममा दिइएको थियो।
समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्दे त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए । त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने र यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो समेत औँल्याए ।
निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गरे । परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको उनले जिकीर गरे ।
जसकारण नयाँ पीँढीलाई व्यवसायमा आउन निरुत्साहित भइरहेको उल्लेख गरे । हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो ।

‘विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो’

हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण

भिजिट भिसामा युरोप,एशिया र अफ्रिकन मुलुक पठाउन रकम संकलन

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

प्रतिक्रिया