श्रीमतीको हत्या गरी घरभित्र गाडेकाे आरोपमा सीताराम पक्राउ

धनकुटा–आफ्नै श्रीमतीको अत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । धनकुटा नगरपालिका–४ छारागाँउ बस्ने ५५ बर्षीय सीताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई श्रीमती सीताको हत्या आरोप छ। पुस १६ गते बेलुकादेखि सीता र सीताराम बेपता भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सीतारामलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको थियो ।
थप सोधपुछको क्रममा उनले श्रीमतीको हत्या गरी घरभित्र नै गाडेको भनी बयान दिएपछि उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सीताको शव फेला परेको प्रहरीले जनाएको छ । उनी उपर कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया