क्रिप्टोकरेन्सी काराेबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर

काठमाडाैँ – क्रिप्टोकरेन्सी काराेबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर भएकाे छ । कैलालीको लम्किचुवा स्थायी घर भएका दिनेश खड्का, उनकी दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र साथी अनिता धितालविरुद्ध मुद्दा दायर भएको हो ।
राजश्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा उनीहरुविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रूपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हाे ।विभागका अनुसार क्रिप्टोकरेन्सीको कारोबार ई-स्कील, बाइनान्स नामक मोबाइल एप्लिकेन्सबाट भएको हो ।
विभागका सूचना अधिकारी कृष्णा प्रसाद पाण्डेका अनुसार दिनेशले आफू र परिवारका सदस्यको नाममा क्रिप्टोकरेन्सीको कारोबार गरेका थिए । दिनेशले आफ्नो बैंक खाताबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको कारोबार भएकाे विभागले दाबी गरेकाे छ । यसैगरी नरबहादुरको बैंक खाताबाट एक करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ काराेबार भएकाे छ ।
त्यस्तै अनिताको खाताबाट ५ करोड ७७ लाख ६ हजार ८६ रुपैयाँ र भगवतीको बैंक खाताबाट २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपैयाँ कारोबार भएको विभागको दाबी छ ।

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया