खाडलमा परेर गैंडा मरेपछि सरकारले बनायो छानबिन समिति

काठमाडाैँ – वन तथा वातावरण मन्त्रालयले खाडलमा परी गैंडाको मृत्यु भएको विषयमा छानविन गर्न कार्यदल गठन गरेको छ। मंगलबार मन्त्रीस्तरको निर्णयबाट कार्यदल गठन गरिएको मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए ।
वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको हाे । कार्यदललाई १० दिनको समयावधि दिएर घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा खाडलमा परी माघ ९ गते गैंडाको मृत्यु भएको थियाे ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया