कर्मचारीको सबै गुनासो सुने, विद्यार्थीको सास्ती देखेनन्
परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न निर्देशन

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकि रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भईरहेको गुनासो आईरहेका बेला मन्त्री पौडेलले बाँकि रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अनुगमन गर्न पुग्नु भएका उनले विद्यार्थीले चाहेको बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीलाई सचेत गराए । मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाई गर्न नहुने स्पष्ट पारे ।
‘फाष्ट ट्रयाक’को विधि अपनाएर भएपनि परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयले ढिलाई गर्न नहुने उनको भनाई थियो । मन्त्री पौडेलले भने, ‘जेसुकै तर्क गरेपनि रिजल्ट ढिलो भएको कुरा प्रमाणित छ । कोसिस गरेको कुरा काम गर्ने जनशक्ति कम भएको हुँदाखेरी काममा ढिलाई भएको यहाँका कर्मचारीहरुले राख्नु भएको छ । तर सेवाग्राहीले समयमा सेवा प्राप्त गर्नुपर्नेमा रिजल्ट ढिला भएको छ । जे स्थिति छ । मौजुदा अवस्थाबाट रिजल्ट छिटो निकाल्ने फाष्ट ट्रयाकको तरिका अपनाउनुस् भनिएको छ । यसलाई सुधार्ने प्रसंगमा अर्को प्रणाली अपनाउला । तर अहिले नै भएको जनशक्तिबाट छिटोभन्दा छिटो रिजल्ट निकाल्ने काम अघि बढाउनुस् भनेका छौं ।’
यता, परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावको कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भएको जवाफ मन्त्री पौडेललाई दिएका थिए । उनले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तरगतको विद्यार्थीहरुको संख्या बढि भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाई हुन गएको कुरा आफूले मन्त्री पौडेललाई जानकारी गराएको बताए ।
मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयका सबै शाखाको अनुगमन गरी त्यहाँका कर्मचारीहरुको गुनासो सुुनेका थिए । त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे धेरै गुनासो बाहिर आएपछि आफू अनुगमनमा आएको मन्त्री पौडेलले बताए । उनले सो विश्वविद्यालयको समग्र पुनर्संरचना गरेर अघि बढनुपर्ने योजना सुनाउँदै त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छिट्टै परामर्श गरेर अघि बढने पनि बताए ।
तर मन्त्री पौडेलले सबै कर्मचारीसँग कुरा गरेर गुनासो सुन्दा त्यहाँ घण्टौ लाइन लाग्ने, एउटा सानो कामका लागि पनि महिनौँ धाउने विद्यार्थीको समस्याप्रति बेखबर रहे । परीक्षा नियन्त्रण कार्यालय बल्खुमा कर्मचारीको ढिलासुस्ती र लापरबाहीले वर्षौदेखि विद्यार्थी मारमा पर्दै आएका छन् ।
खासगरी ट्रान्सक्रिप्ट लगायतका कागजात पाउनैका लागि महिनौँ धाउनुपर्ने बाध्यतामा विद्यार्थी छन् । मंगलबार कार्यालयको अनुगमन गरेका शिक्षामन्त्रीले यसबारेमा न चाँसो लिए, न त उनीहरुका समस्या समाधान गर्न कर्मचारीलाई निर्देशन दिए । खाली अनुगमनका नाममा कर्मचारीसँग कुरा गरेर उनी सिंहदरबार फर्किएका छन् ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया