मध्यमर्स्याङदी जलविद्युतको उत्पादन घट्यो
लमजुङ- लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । पानीको वहाव उच्च हुँदा ७२ मेगावाटसम्म विद्युत उत्पादन हुने केन्द्रबाट हाल औसतमा ३५ देखि ३८ मेगावाटसम्म विद्युत उत्पादन भइरहेको केन्द्र प्रमुख पवन बस्नेतले बताए । उनका अनुसार पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत मात्र उत्पादन भएको हो ।
गतबर्ष यस समय औसतमा ३५ देखि ३७ मेगावाटसम्म विद्युत उत्पादन हुने गरेकोमा यसबर्ष भने केही बढी हो । केन्द्रबाट माघ ७ गते शुक्रबार औसत उत्पादन ३५ दशमलव २४ मेगावाट रहेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत उत्पादन भएको मध्यमर्स्याङदी जलविद्युत केन्द्रले जनाएको छ ।
गतबर्ष तिर पुस महिनाको समय ३५ देखि ३७ मेगावाट मात्रै विद्युत उत्पादन हुन्थ्यो । यसबर्ष केही बढी उत्पादन भएको छ । पुस महिनामा कुल ३३ हजार २ सय २६ दशमलव ७ मेगावाट आवर विद्युत उत्पादन भएको देखिन्छ । यसबर्षको पुस महिनामा केन्द्र सञ्चालन देखिकै धेरै विद्युत उत्पादन भएको हो । उक्त महिना औसत उत्पादन ४६ मेगावाटसम्म थियो ।
केन्द्रका अनुसार साँझ र विहानको पीक आवरमा भने पूर्ण क्षमतामा ७० मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । हिउँदमा विहान ६ देखि १० बजे र साँझ ६ बजेदेखि १० बजेको बीचमा पूरा उत्पादन हुने गर्छ । पानी पर्ने र हिउँ पग्लिने समयदेखि विद्युत उत्पादन बढ्ने केन्द्रले जनाएको छ । उक्त परियोजनामा ३५/३५ मेगावाटको २ वटा फ्रान्सिस टर्बाइन छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया