मानिसको दिमागमा चिप जोड्ने तयारीमा मस्कको कम्पनी

काठमाडौँ - विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको दिमागको चिप बनाउने कम्पनी न्यूरालिंकले छिटै नै मानिसमा परीक्षण सुरु गर्ने तयारी गरेको छ । यसले पक्षघातका बिरामीलाई आफ्नो दिमागबाट छिटो तीव्र गतिमा स्मार्टफोन प्रयोग सक्ने न्यूरोलिंकले जनाएको छ ।
यसअघि कम्पनीले सुँगुर र बाँदरको मष्तिस्क प्रत्यारोपणको सफल परीक्षण गरिसकेको छ । अब भने कम्पनी मान्छेमा नै ब्रेन चिपको परीक्षण गर्ने तयारीमा जुटेको छ । कम्पनीले प्रत्यारोपणका लागि एउटा सानो सिक्का जस्तो उपकरण प्रयोग गर्नेछ। जुन पातलो र लचिलो तारहरू जडित इलेक्ट्रोडहरूबाट बनेको छ ।
यो उपकरणलाई सर्वव्यापी रूपमा प्रयोग गर्न कम्पनीले फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनबाट अनुमति लिनुपर्ने हुन्छ । जसका लागि कम्पनीले यो उपकरण पहिले मान्छेमा परीक्षण गर्नुपर्नेछ । मस्कले यो उपकरण विभिन्न न्युरोलोजिकल समस्याहरूलाई सामाधान गर्न विकास गरेको बताएका छन् ।
यसअघि नै यो चिपलाई सुँगुर र बाँदरमा परीक्षण गरिएको थियो र सफल पनि भएको थियो। यो प्रविधिलाई मानिसमा प्रयोग गर्न कम्पनीले एक क्लिनिकल ट्रायल निर्देशक भर्ना गर्ने तयारी गरेको छ। मस्कले यो चिपको प्रयोगले बिरामी भएर हिँड्न नपाएका मानिसहरु पनि हिँड्न सक्ने दाबी गरेका छन्।
मस्कले यस वर्षको अन्तिमसम्ममा सबै कुरा भनेको जसरी अघि बढेको खण्डमा उक्त चिपको मानिसमा प्रयोग सुरु गरिने बताएका छन्। योजनाअनुसार मानिसहरुलाई अल्जाइमर, डिमेन्सियाजस्ता समस्याको समाधानको लागि मानव मस्तिष्कमा कम्प्युटर इन्टरफेस प्रत्यारोपण गर्ने लक्ष्य छ। यो योजनाबाट मानिस र कृत्रिम बौद्धिकता बीचको सम्बन्ध पत्ता लगाउनु यसको दीर्घकालीन योजना हो।
अहिले न्यूरालिंक प्रत्यारोपणको लागि आवश्यक काम निकै तीव्र गतिमा चलिरहेको छ। मस्कले क्लबहाउसमा एक अन्तर्वार्तामा न्यूरालिंक बाँदरको मस्तिष्कमा वायरलेस प्रत्यारोपण गरिएको खुलासा गरेका थिए। त्यसपछि बाँदरले आफ्नो दिमागको सहारामा भिडियो गेम खेलेको थियो। यसअघि यो चिप सुँगुरको मस्तिष्कमा पनि प्रत्यारोपण गरेर परीक्षण गरिएको थियो।

‘विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो’

हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण

भिजिट भिसामा युरोप,एशिया र अफ्रिकन मुलुक पठाउन रकम संकलन

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

प्रतिक्रिया