अल्बाट्रोसेस चरा जो शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराईमा पुग्छ

लन्डन- कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पंक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ । युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको एउटा अध्ययनमा यस्तो निस्कर्ष निकालिएको हो ।
यसअघिका अध्ययनले सो चरा २० देखि ३० फिट गहिराईमा पुग्ने बताइएको थियो । समुद्री अल्बाट्रोसको अस्तित्व जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् ।
अनुसन्धानकर्ताहरुका अनुसार १५ देखि २२ अल्बाट्रोस प्रजाति लोपन्मुख अवस्थामा छन् । पछिल्ला दशकमा यो चराको संख्या पनि ह्वात्तै घटेको छ । ठूला समुद्रमा माछा मार्न राखिएका हुक र अन्य पासोमा परेर अल्बाट्रोसको संख्या घटेको हो ।
यो चरा प्रायः दिउँसोको समयमा समुद्रमा हाम फाल्ने गरेको अनुसन्धाकर्ताहरुको भनाई छ । अध्ययनको निस्कर्ष करेन्ट वायोलोजीमा प्रकाशित छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया