ओली समूहद्वारा भीम रावलसहितका तीन नेतालाई कारबाही सिफारिस

धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश ईञ्चार्ज भीम रावलसहितका तीन नेतालाई कारबाहीका लागि सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश समितिको बैठकले नेता रावल, नेकपा सुदूरपश्चिमका सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्य र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा बैठक बसेको थियो ।
बुधबार बसेको प्रदेश कमिटी बैठकले नेता भीम रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको आरोप लगाउँदै कारबाहीको सिफारिस गरेको नेकपा सुदूरपश्चिमले जनाएको छ । यस्तै प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गर्ने निर्णय पनि गरेको छ । बैठकले प्रदेश कमिटी विस्तार गरेर ५५१ सदस्यीय बनाएको हो । यस्तै बैठकले पुस २४ गते धनगढीमा जनसभा गर्ने निर्णयसमेत गरेको छ । उक्त जनसभामा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नेछन् ।
यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश अध्यक्ष कर्ण थापालाई पनि कारवाही गर्न सिफारिस गरेको थियो भने नेकपा कैलालीका अध्यक्ष रतन थापा सहितका नेतामाथि समेत कारवाही गर्न सिफारिस गरेको थियो ।
यसअघि दाहाल-नेपाल समूहले पार्टीका प्रदेश अध्यक्ष कर्ण थापालाई पदबाट हटाउन सिफारिस गर्ने निर्णय गरेको थियाे । ओली समूहमा रहेका थापालाई दाहाल-नेपाल समूहको बहुमत रहेको समितिले हटाउन पार्टी केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय रहेको थियाे ।
याे पनि :
‘भीम रावलले नेकपाको ३० लाख गायब पारे’

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

प्रतिक्रिया