अमेरिकी संसद्मा के-के भयो ? भिडियो र तस्बिरमा हेर्नुहोस्

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले संसद् भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन् । अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो ।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटलभित्र प्रवेश गरेका थिए ।
ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए । त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन् । एक महिलालाई गोली लागेको छ । द वासिङ्टन पोस्ट र सीएनएनका अनुसार अस्पतालमा उपचारको क्रममा ती महिलाको मृत्यु भएको हो । हिंसक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ । (एपीबाट)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया