नक्कली नोट कारोबारमा संलग्नको आशंकामा दुई जना पक्राउ

महोत्तरी- महोत्तरीमा स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ परेको १२ घण्टा नबित्दै नक्कली नोटकै कारोबारमा संलग्नको आशंकामा फेरि दुई जना पक्राउ परेका छन् ।
नोटको साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मिनियाका असरफ मोहम्मद र जनकपुर उपमहानगरपालिका-६ का मोजहिद रेजा भिठ्ठामोड-जलेश्वरबाट पक्राउ परेका हुन् । भारतबाट नेपाल आउदै गरेको बा २१ च ६७६१ नम्बरको कार जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
पक्राउ परेका दुबै जना नक्कली नोट कारोबारमा संलग्न हुनसक्ने आशंका प्रहरीको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट अगाडिपछाडि १-१ हजार राखेर र बीचमा खाली पेपर राखेको ५ बण्डल, ५ सयको नोटमा त्यसैगरी राखिएको ४९४ बण्डल जफत गरिएको छ । अन्य साइजमा कटिङ्ग गरिएको ठूलो कागज पनि जफत भएको छ ।

मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

प्रतिक्रिया