शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

१५ वर्षीया किशोरी बलात्कृत, एक युवक  पक्राउ

काठमाडाैँ – बर्दियामा एक १५ वर्षीया किशोरीलाई बलात्कृत भएकी छिन् । बलात्कार गरेको अभियोगमा प्रहरीले ३० वर्षीय एक युवकलाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट घर भई गुलरिया बस्ने ३० वर्षीय जनकबहादुर शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालयका बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शाहीलाई गुलरिया नगरपालिका–५ बाट प्रहरीले पक्राउ गरेको बताए ।

जाजरकोटको शिवालय गाउँपालिका–७ स्थायी घर भएका शाहीले माघ १ मा ती किशोरीलाई फकाएर आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए । जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।