नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित दुई जना पक्राउ

महोत्तरी – नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षीय असरक माेहम्मद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने
२६ वर्षीय मोहम्मद मुजाहिद रेजा रहेका छन् ।
जलेश्वर नगरपालिका ३ स्थित सीमा इलाकाबाट आइतबार सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित उनीहरुलाई पक्राउ गरेको हाे ।
बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारेकाे हाे ।
त्यस्तै उनीहरुकाे साथबाट एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोटसमेत प्रहरीले बरामद गरेकाे छ। पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ, नक्कली नोट छाप्ने कागज तथा कारसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

प्रतिक्रिया