मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम– भर्खरै नामाकरण गरिएको मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा हुने भएको छ। प्रदेश नं. २ को स्थानमा मधेश प्रदेश र जनकपुरधाम स्थायी राजधानी भएको खुशीयालीमा यो प्रदेशमा भोलि सार्वजनिक बिदा हुने भएको हो ।
प्रदेश सरकारले बिदा दिने निर्णय गरिसकेको छ ।
प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले सामाजिक सञ्जालमा नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सार्वजनिक गरेका छन्।
आज प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएसँगै नाम र राजधानीले पूर्णता पाएको हो। ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको थियो।

मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

प्रतिक्रिया