सुदूरपश्चिमका ७ सांसद ओली समूहमा खुले

कैलाली : सुदूरपश्चिममा प्रधानमन्त्री केपी ओलीको समूहमा खुल्ने नेकपा सांसदको संख्या सात पुगेको छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिंदै ओली समूहलाई साथ दिएपछि उनको समूहमा लाग्ने सांसदको संख्या सात पुगेको हो ।
जनभावना अनुसार काम गर्न समस्या भएको भन्दै बोहोराले राजीनामा दिएका हुन् । प्रदेश सरकार फेरबदल हुने सम्भावना कति छ ? भन्ने प्रश्नमा बोहराले भने, `अर्को पक्ष (प्रचण्ड-नेपाल) को गुण र दोष हेरेर हामीले नीति बनाउछौ ।´
यसअघि भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट बर्खास्त गरेका थिए । उनले ओली समूहलाई साथ दिएको भन्दै बर्खास्त गरिएको थियो ।
ओली समूहलाई प्रदेशसभा सदस्य लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले पनि साथ दिएका छन् । ओली समूहलाई कांग्रेस र जसपासँग मिलेर सरकार बनाउन अझै नेकपाका ६ जना प्रदेशसभा सदस्य अपुग देखिएको छ । प्रदेशसभामा ३९ नेकपा, १२ काङ्ग्रेस र २ जसपाका प्रदेशसभा सदस्य छन् ।

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

प्रतिक्रिया