१३ कराेड राजस्व छलेर भाग्न खाेजेका क्यासिनो सञ्चालक विमानस्थलबाट पक्राउ

काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ ।
क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सिइओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।
उनले ओसिपी एसियाको लगानीमा काठमाडौँको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजस्व तिरेका थिएनन् । बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रतिक्यासिनो ६ करोड ५० लाखका दरले दुई क्यासिनोको १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको हो ।
मन्त्री आलेको निर्देशन पछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि ४० करोड सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन् भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले भने १३ करोड राजस्व नबुझाएको बताइएको छ ।
एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढंगले सञ्चालन गरेको आरोप छ । सर्वोच्च अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशविपरीत क्यासिनो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा पक्राउ परेका हुन् । रासस

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया