न्यूजिल्यान्ड टेस्ट वरियताको पहिलो स्थानमा

काठमाडौं : बुधबार पाकिस्तानलाई दोस्रो टेस्टमा हराएको न्यूजिल्यान्ड आईसीसीको टेस्ट वरियतामा पहिलो स्थानमा उक्लेको छ । न्यूजिल्यान्डले इतिहासमै पहिलो पटक टेस्ट वरियताक्रमको शिर्षस्थान ओगटेको हो । कप्तान केन विलिम्यसनको दोहारो शतकका मद्धतले पाकिस्तानमाथि इनिङ तथा एक सय ७६ रनको जित दर्ता गरेको न्यूजिल्यान्ड टेस्ट वरियतामा पछिल्लो १० वर्षमा पहिलो स्थानमा पुग्ने छैठौं टोली बन्यो ।
पछिल्ला केही वर्षहरुमा न्यूजिल्यान्ड वरियताको पहिलो स्थान नजिक पुग्ने गरेपनि सधै दोस्रो स्थानमा सिमित हुँदै आएको थियो । यस पटक भने न्यूजिल्यान्ड एक सय १८ अंक सहित शिर्षस्थानमा पसग्न सफल भयो । अस्ट्रेलिया र भारत क्रमशः एक सय १६ र एक सय १४ अंक सहित दोस्रो र तेस्रो स्थानमा आसिन छन् ।
त्यस्तै, इंगल्यान्ड र दक्षिण अफ्रिका चौंथौं र पाँचौं स्थानमा छन् । इंगल्यान्डको एक सय ६ र दक्षिण अफ्रिकाको ९६ अंक छ । उता ब्याट्सम्यानको सूचिमा विलिम्यसन अग्रस्थानमा उक्लेका छन् । पछिल्ला ६ इनिङमा तीन शतक प्रहार गरेका विलिम्यसनले भारतीय कप्तान विराट कोहली र स्टिभन स्मिथलाई पछि पारेका हुन् ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया