माछापुच्छ्रे बैंकका ग्राहकलाई शाओमी र पोको फोन किस्तामा

काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकले एमआई शाओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु शून्य प्रतिशत इएमआईमा पाउने भएका छन्।
ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंक र वत्सल इम्पेक्स प्रालिबीच बैंकको इन्स्टापे सुविधामार्फत मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौतामा हताक्षर गरिएको हो। उक्त सम्झौतापत्रमा वत्सल इम्पेक्सको तर्फबाट डाइरेक्टर नितेशकुमार मुन्द्र तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ विनय रेग्मीले हस्ताक्षर गरेका थिए।
बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट पाउन सक्नेछन्। हाललाई यो सुविधा वत्सल इम्पेक्सको काठमाडौंस्थित शोरुममार्फत प्रदान गरिनेछ।
सम्झौतापछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशत इएमआईमा इन्स्टापेमार्फत १५ हजारदेखि उक्त ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन्।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाखभन्दा बढी ग्राहकमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेका छन्।

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया