देशभित्रै रोजगारीका अवसर सिर्जना गर्छाैं- मन्त्री श्रेष्ठ
दमौली- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताएका छन् ।
मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवद्र्धनका लागि छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गरे ।
श्रेष्ठले उद्यमशीलताको संस्कृति विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै बजारको मागबमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको बताए । यस क्षेत्रका व्यहारिक कठिनाइ तथा समस्याको पहिचान गर्दै आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशील सरोकारवालालाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो ।
सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु रहेको बताउँदै उनले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न दीर्घकालीन रणनीति बनाएर अघि बढ्न आवश्यक रहेको स्पष्ट गरे ।
स्थानीयस्तरमा रहेका रोजगारीको सम्भावनाका क्षेत्रको पहिचान गर्न र आन्तरिक रोजगारीको प्रवद्र्धनमा संघ, प्रदेश र स्थानीय तहबीच आपसमा समन्वय गर्न आवश्यक रहेको उनले बताए । रासस

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया