तेल/घिऊ, दाल, यातायात र शिक्षा शुल्कमा अत्याधिक मूल्यवृद्धि
कोभिडले आयस्तर खस्काएका नेपालीलाई महँगीको मार

काठमाडौँ– मुलुक पुनः ‘हाइपर इन्फ्लेसन’ (उच्च मूल्यवृद्धि) को मारमा पर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसीर महिनासम्मको आर्थिक तथा वित्तीय स्थितिले मंसीरमा मुद्रास्फित ७.२ प्रतिशत पुगेको उल्लेख गरेको छ ।
खासगरी गैरखाद्य र सेवाजन्य उपभोगको मूल्यवृद्धिलाई कारकका रूपमा देखाइएको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको छ ।
यातायात र शिक्षा क्षेत्रको मूल्यवृद्धि उच्च देखिएको छ । यो माग पक्षबाट भन्दा पनि आपूर्ति पक्षबाट सिर्जना गरिएको मूल्यवृद्धि हो । यातायात क्षेत्रको मूल्यवृद्धि १६.२५ प्रतिशत र शिक्षा क्षेत्रको मूल्य वृद्धि ११.७८ प्रतिशत छ । सबैले प्रयोग गर्ने लत्ताकपडाको मूल्य ६.३९ प्रतिशतले बढेको छ ।
घरभाडा र जनउपयोगी सेवाहरूको मूल्य क्रमशः ६.३९ र ७.१७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
खाद्य समूहतिर तेल र घिऊमा २८.५२ प्रतिशतले र दालको ११.७९ प्रतिशतले मूल्यवृद्धि भएको छ । सबैले प्रयोग गर्ने अन्नको मूल्य ३.४५ प्रतिशत ले बढेको छ ।
मुद्रास्फिति नियन्त्रण गर्नु नेपाल राष्ट्र बैंकको एउटा प्रमुख कार्य हो । तर राष्ट्र बैंकका अनुसार, मागमा आधारित भन्दा पनि अहिले आपूर्तिजन्य कारणले मूल्य वृद्धि भइरहेको छ, यसलाई नियन्त्रण गर्न कठिन छ ।
नेपालमा पछिल्लो पाँच वर्षदेखि मुद्रास्फिति आर्थिक वर्ष २०७६–७७ मा बाहेक ५ प्रतिशतभन्दा कम छ । २०७६–७७ मा भने मुद्रास्फिति ६.१ प्रतिशत थियो ।
अहिले पुनः महँगीका कारण कोभिड–१९ ले आयस्तर कमजोर भएका वर्ग थप मारमा परेको छ ।
यो पनि पढ्नुहोस् :

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया