एक सातामा उत्तर कोरियाले गर्यो दुई हाइपरसोनिक परीक्षण
प्योङयाङ- उत्तर कोरियाले अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । उत्तरले मंगलबार प्रहार गरेको क्षेप्यास्त्र हाइपरोनिक भएको उत्तर कोरियाले पुष्टि गरेको हो । सो प्रहार एक हजार किलोमिटर टाढाको निसानामा पुगेको थियो । हाइपरसोनिक हतियारको गति आवाजभन्दा पाँच गुणा चाँडो हुन्छ ।
नयाँ वर्षको अवसरमा नेता किम जोङ उनले प्योङयाङको प्रतिरक्षा तीव्र बढाउने प्रतिबद्धता जनाएका थिए । मंगलबारको परीक्षणको जापान र दक्षिण कोरिया दुबै देशले विरोध गरेका थिए । प्योङयाङले यसअघि पनि ५ जनवरीमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।
उत्तरका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । एजेन्सी

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

प्रतिक्रिया