अहिलेसम्मकै ठूलो आइपीओ माघ २ गतेबाट खुल्ने, कति छ नेटवर्थ ?

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गतेदेखि साधारण सेयरको (आइपीओ) बिक्री खुल्ला गर्ने भएको छ । यो अहिलेसम्मै ठूलो आइपीओ हो । कम्पनीले जारी पूँजी २० अर्बको ४० प्रतिशत बराबरको सेयर निष्कासन गर्न लागेको हो ।
प्रति सेयर एक सय रुपैयाँको दरले ८ करोड कित्ता सेयर बिक्री गर्न लागेको हो । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गर्नेछ । बाँकी रहेको ७ करोड ५८ लाख ४० लाख कित्ता सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको बैंकले जानकारी दिएको छ ।
पूर्वाधार विकास सम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयर लगानी गर्ने उद्येश्यले खोलिएको यो बैंकको अधिकृत पूँजी ४० अर्ब रुपैयाँ छ । साधारण सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
बैंकले छिटोमा माघ ६ गतेसम्म खुल्ला गर्नेछ । ढिलोमा १३ गते बन्द गर्ने बैंकले जानकारी दिएको छ ।
आगामी ३ वर्ष तथा विगत ३ वर्षको नेटवर्थ सम्बन्धी विवरण
विवरण |
वास्तविक |
प्रक्षेपित |
||||||
आव ०७४/०७५ |
आव ०७५/०७६ |
आव ०७६/७७ |
आव ०७७/७८ |
आव ०७८/७९ |
आव ०७९/०८० |
|||
प्रति सेयर नेटवर्थ (रुपैयाँमा.) |
५१ |
१०६.५७ |
११३.६२ |
११७.६९ |
११०.५४ |
११२.८० |
||
प्रति सेयर आम्दानी (रुपैयाँमा.) |
२ |
६.१ |
७.०६ |
५.५८ |
७.६७ |
८.८२ |
||
संचित नाफा/(नोक्सानी) (रुपैयाँ. हजार) |
९४, ५६३ |
६२३२१९ |
१२३४३७१ |
१७४४३१२ |
१३७०९९५ |
१५९९६३० |
||

प्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

प्रतिक्रिया