विद्यालय बन्द गर्ने सीसीएमसीको सिफारिसमा के छ ?
शिक्षा मन्त्रालयले सूचना निकालेपछि मात्रै पठनपाठन बन्द हुने

काठमाडौँ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढ्दै गएपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले गरेको सिफारिसको बुँदा नं. ५ मा माघ १५ गतेसम्म विद्यालय बन्द गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सूचना जारी गर्न लगाउने सिफारिस गरेको हो ।
यो भनेको सीसीएमसीको सिफारिसले विद्यालय बन्द हुने होइनन् । सीसीएमसीले गरेको सिफारिसअनुसार शिक्षा मन्त्रालयले विद्यालय बन्द हुनेबारे सूचना निकालेपछि मात्रै विद्यालयको पठनपाठन रोकिने भएको हो ।
‘देशभरका सबै आधारभूत तथा माध्यामिक विद्यालयहरुले वार्षिक बिदामा मिलान हुने गरि आगामी माघ १५ गतेसम्म बिदा दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सूचना जारी गर्न सिफारिस गर्ने,’ आइतबार सीसीएमसीले जारी गरेको सिफारिसको बुँदा नं. ५ मा लेखिएको छ ।
सीसीएमसीले यसरी विद्यालय बन्द गर्नुपर्ने कारणमा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई खोप नलगाइएको र यसले संक्रमणको जोखिम धेरै हुने भएकाले विद्यालय बन्द गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ । सोही अनुसार तत्काल पठनपाठन स्थगित गर्ने गरि मन्त्रालयबाट सूचना जारी गर्न सीसीएमसीले सिफारिस गरेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिसअनुसार सोमबार बैठक बसेर छलफल गरेपछि मात्रै विद्यालय बन्द गर्नेबारे निर्णय गरिने बताए । सोमबार यसबारे छलफल हुने बताएपनि भोलिदेखि नै विद्यालय बन्द हुने सूचना जारी गर्न सकिनेबारे अहिल्यै भन्न नसकिने शर्माले बताए ।
‘सीसीएमसीले सिफारिस गरेपछि तीनै तहका सरकारले त्यसलाई मान्दै आएका छौँ,’ उनले इकागजसँग टेलिफोनमा भने, ‘यसपटक पनि सीसीएमसीले गरेको सिफारिसअनुसार मन्त्रालयमा छलफल गरेर विद्यालय बन्द गर्नेबारे निर्णय गर्छौँ ।

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…
_7EmQO5w85t_fev7gn5o5kdw71yt4ykbdv9blhbr0dmpmxuhpcwdiirg58niu1rbb2vliq7l_zid352YWNt_lsm4lamrurvf52ek2nrgfwxrxmcsr2gnlgjz2dwjc3tngdi4y6qqhyrih8co.jpg)
गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

प्रतिक्रिया