‘किड्स अफ द इयर इन्टरनेसनल’मा ४ विजेता

काठमाडौँ - धुलिखेल स्थित आगन्तुक रिसोटमा शनिबार अबेर साँझ सम्पन्न ‘किड्स अफ द इयर इन्टरनेशनल’को तेस्रो संस्करणमा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता घोषणा छ । प्रतियोगितामा ‘किड्स अफ द इयर इन्टरनेसनल’ जुनियर केटा तर्फ राजय बादे विजेता बने । यही प्रतियोगिता तर्फको फस्ट रनरअप आशुतोष सापकोटा चुनिँदा सेकेन्ड रनर अफ रुवेन्द्र पसछेँ भए ।
त्यस्तै ‘किड्स अफ द इयर इन्टरनेसनल’ जुनियर केटी तर्फ सराहाना शाक्यले शीर्ष उपाधि चुमिन् । यही प्रतियोगितामा रुबिना नापित फस्ट रनरअप र श्याफरोन प्रजापती सेकेन्ड रनरअप भए ।यस्तै ‘किड्स अफ द इयर इन्टरनेसनल’ सिनियर केटा तर्फको शीर्ष उपाधि श्रमन शाक्यले हात पारे । यही प्रतियोगितामा फस्ट रनरअप आदित्य सापकोटा र सेकेन्ड रनरअप आदित्य कार्की भए ।
सोही अवसरमा ‘किड्स अफ द इयर इन्टरनेसनल’ सिनियर केटी तर्फ पुर्विशा श्रेष्ठ विजेता घोषित भइन् । यही प्रतियोगितामा याशना श्रेष्ठ र आर्या मानन्धर क्रमश फस्ट रनर अप र सेकेन्ड रनरअप छानिए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा रेखा शाह (गायिका), सुशिल श्रेष्ठ (अभिनेता), रेश्मा श्रेष्ठ (फेसन डिजाइनर), मनिषा डंगोल श्रेष्ठ (निर्देशक लन्डन फेसन हाउस, उद्धव बहादुर खड्का (प्रमुख हव इन्टरनेसनल इजुकेसन) निर्णायक रहेका थिए ।प्रतियोगितामा ७ वर्षदेखि १३ वर्षसम्मका विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागिता रहेको थियो ।

'मिस नेपाल इन्टरनेशनल २०२५' को ओरियन्टेसन भोलिदेखि नाचघरमा सुरु हुँदै

फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो, उचाइको मापदण्ड हटाइयो

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

प्रतिक्रिया