इन्डोनेसियामा बाढीले ६ जनाको मृत्यु, सयौं घर परिवार विस्थापित

काठमाडौँ - इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ ।
एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, ‘बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा प्रान्तको जयपुरा शहरका धेरै उपजिल्लाहरूमा बाढी र पहिरो निम्त्याएको छ। अधिकारीहरूले तीन शवको पहिचान गर्न काम गरिरहेका छन् भने बाँकीको पहिचान भइसकेको छ,’ मुहारीले भने ।
उद्धारकर्ताहरूले तीनवटा डुङ्गा प्रयोग गरेर बाढी प्रभावितहरूलाई उनीहरूको घरबाट बाहिर निकालिरहेका थिए । शुक्रबार बिहान पनि हल्का पानी परेको र बाढी क्रमशः कम भए पनि अझै अवरोध कायमै छ ।

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा इजरायली आक्रमणमा ३८ जनाको मृत्यु
चीनमा ‘टायर र सडक बीचको घर्षण’ बाट विद्युत उत्पादन गर्ने नयाँ यन्त्र तयार

मेक्सिकोमा हिंसात्मक घटना : १० जनाको मृत्यु, अनुसन्धान जारी

सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह

प्रतिक्रिया