३३ किलो सुन प्रकरणका गोरेका भाइ २ लाख धरौटीमा रिहा

काठमाडौँ – साढे ३३ किलो सुन प्रकरण र मोरङका सनम शाक्यको हत्या घटनाका अभियुक्त रमेश उप्रेती २ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । जिल्ला अदालत मोरङले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी छुटेका हुन् ।
सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई बिहीबार छुटेका हुन् । अदालतले २ लाख धरौटी लिएर तारेखमा मुद्दा राखी पुपक्षका लागि थुनछेकको आदेश जारी गरेको हो । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई छोड्ने आदेश जारी गरेको हो।
उप्रेती मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

प्रतिक्रिया